नेपाली क्रिकेट

काठमाण्डौं महानगरपालिका

नारायणकाजी श्रेष्ठ

फुटबल

नेपाली काङ्ग्रेस

नेकपा एमाले

पुर्खाले बचाएको देश पुस्ताले बनाउन सकेनन। के तपाईंलाई देशको चिन्ता छैन?

Advertisement

स्वदेश तथा विदेशमा रहनु हुने सम्पुर्ण नेपाली दाजुभाइ दिदिबहिनीमा हार्दिक नमस्कार एवम् जय मातृभूमि🇳🇵कथित परिवर्तनको नाम र बाह्य शक्तिको आडमा नेपाल र नेपालीहरुको चाहाना विपरीत भौगोलिक तथा क्षेत्रफलको हिसाबले सानो एवम् सुन्दर देश नेपालमाथी लादिएको संघीयता र धर्मनिरपेक्ष जस्ता अनावश्यक  व्यवस्थाले हामी र हाम्रो देशको अवस्था निकै दयनीय बनेको यहाँहरु सबैलाइ अवगतनै छ। आफ्नै मौलिकता र पहिचान लाई लिलाम गर्ने कथीत नेता र सोहि नेतालाई प्रभु मान्ने कार्यकर्ता सक्षम र सचेत नहुनु, अनेक बहानामा भ्रष्टाचारमा लिप्त हुने परम्परानै बसि सकेको जस्तो अनुभव हुन थालेको छ। तसर्थ अब तपाईं हामी सचेत र जागरुक भएर आफै अगाडि नआउने हो भने भोलिका दिनमा नेपाल र नेपाली भन्ने अवस्था समेत रहने हो वा होइन आफै मुल्यांकन गरौ। प्रायः जसो तपाईं हामी सामाजिक संजालमा नेतालाई गाली गर्दै यो गरेन त्यो गरेन भनेर भन्ने गर्छौ अनि आफै भोटर मात्र बनेर बस्न रुचाउछौ जसले गर्दा असक्षम व्यक्ती उपल्लो तहमा पुग्ने र आफू अनुकुल मात्र काम गर्ने गर्दछन। हामी सधै भर्र्याङ् मात्र बनेर हजारौलाई नेता बनाइयो, निर्णायक ठाउमा पुग्न खुड्किलो बनियो तर माथी पुगेपछी कैले पनि पछाडी फर्केर हेर्न भ्याएनन कथित नेताहरुले। अकसर हाम्रो देश नेपालमा नेता भन्ने शब्दको अर्थ नै परिवर्तन गरिदिएको आभास हुन थालेको छ। कथित परिवर्तन र गणतन्त्रको प्रवेश र राजसंस्थाको विधिवत अन्त्यपछि झन झन विकृति बढ्दै गएको आभास पाइला पाइलामा भएको छ। बोल्न पाइन्छ भन्ने अधिकारको यति दुरुपयोग गरियो कि जसले जसलाइ जे पनि भन्न थालियो।  स्वतन्त्रताको हक भन्दै आफ्नो मौलिकतालाई यसरी लत्याइयो मानौ त्यो हाम्रो पहिचान कैले थिएन। आज हामी यति सम्म निरीह भएका छौ कि भुटान जस्तो सानो मुलुक ले नेपाललाई सहयोग गर्नु पर्ने दिन आएको छ। नेपालको राजनितीमा हामी यस्ता अनुहारलाई पटक पटक अवसर दिएका छौ जो कैयौं पटक असफल भएका छन। नेपालको राजनितीमा प्राय अपराधिकरण  र व्यापारिकरणले देशलाइ शिथिलता तर्फ डोर्‍याएको छ। हिजोको दिनमा नेपाल र नेपाली को विश्व सामु यति मान सम्मान थियो कि नेपाली भनेपछी इमानदार र बहादुरीको उदाहरणनै बनेको थियो। हाम्रो देशका प्रमुख तत्कालीन र हाल विकसित कहलिएका देशमा भ्रमणका दौरान बाटोमा लाइन लागेर हेर्ने गर्दथे तर हालका राष्ट्र प्रमुख वा कार्यकारी प्रमुख बिदेश जाने हो भने तेहाका राज्य मन्त्रीले समेत वास्ता गर्दैनन। हामी विकसित बाट अविकसित तर्फ जाँदै छौ वा अविकसित बाट विकसित तर्फ मुल्यांकन गर्ने जिम्मा पाठकमै छोड्न चाहे।मैले नेपालीको राजनीति धेरै त बुझेको छैन तैपनि यति भन्न सक्छु कि नेपालमा राजनिती गर्न कि त व्यापारी हुनु पर्यो कि त अपराधिक क्रियाकलापमा संलग्न। हाम्रो देशको त्यो पुरानो इतिहास देख्दा विश्व ले डाह गर्दथ्यो, पुर्खाले बचाएको देश पुस्ताले बनाउन सकेनन। कथित परिवर्तनको नाममा गरिएका धनयुद्धले हाम्रा आफ्नै दाजुभाइ दिदिबहिनीको ज्यान लिने काम भयो। धार्मिक, सासंकृतीक, जातीय तथा क्षेत्रीय विविधतताका बिषयलाई  गलत व्याख्या गरेर आफ्नै दाजुभाइ दिदिबहिनी विरुद्ध खडा गराइयो र रगत को खोला बगाइयो। हामी सोझा नेपाली दुख सहेर पनि देश बन्छ भने आफ्नो प्राणको आहुती दिन भनेपछि पछाडि नहटी युद्धमा होमियौ तर परिणाम भने विपरीत आयो। त्यो धनयुद्ध त केवल केही स्वार्थमा आफ्नो स्वाभिमान लिलाम गर्ने देशद्रोहीका लागि पो रहेछ।यी सबै विषय उठान गर्दा आम नेपालीको रगत उम्लिएर आउनु स्वाभाविक नै हो। अनेक दुख कष्ट सहेर पनि नेपालीहरुले सुखका दिन आजसम्म अनुभव गर्न त परै जाओस झन दुख बेहोर्नु परेको छ। संसारको अगाडि नेपालीको इज्जत लिलाम गर्न तत्पर कथित नेताहरुको आपसी सत्ता लुछाचुडीबाट उनिहरुको नियत र लम्पसारवाद प्रष्ट भएको छ। चुनाव ताका घर घर हात जोड्दै हिड्ने जनप्रतिनिधि भनौदा हरु अहिले के कसरी पैसा कमाउने र सत्तामा बसिरहने भन्ने बाहेक केही अन्य कुरा सोच्न सक्ने अवस्थामा छैनन।साचिकै मुल्यांकन गर्ने हो भने हाम्रो देशका कथित नेताहरुका करतुत यति धेरै छन कि शायद कुनै व्यक्ति होलान जो स्वच्छ छवि बनाउन सफल भए, चामलमा घुन होइन घुनमा चामल खोज्नु पर्ने अवस्था अहिलेको छ । । हाम्रो देशका सफल एवम् सक्षम युवा परदेश जान बाध्य पारी यो देशलाइ सधै युद्ध र अशान्तिको प्रयोगशाला बनाउन लागि परेका बाह्य शक्ति आज सम्म सफल भएका छन। नेपाललाई विकास गर्न बाट वन्चित गराइ आफ्नो प्रभाव कायम राख्न लागि परेका स्वार्थी छिमेकी र अन्य शक्तिशाली मुलुकको रस्साकस्सी पनि  पनि कम छैन। उनिहरुको वर्चस्व कायम हुनुमा म उनिहरुलाइ दोष दिन चाहदैन किन कि जब हाम्रै देशका भष्मासुर हरुले उनिहरुलाइ अवसर जुराइदिएका हुन जसले गर्दा बाह्य शक्ति हामी नेपाली माथी हावी हुन सफल भए। सच्चा देशभक्त सत्तामा हुने थिए भने नेपाली माथि बाह्य शक्ती हावी हुन  न हिजो सकेका थिए न आज सक्ने थिए तर बिडम्बना जसलाइ देश बचाउने र बनाउने जिम्मा लगाइयो उसैले देश र जनता प्रतिकुल काम गरेर आफ्नो थैलो भर्नका लागि लम्पसार भएका भए।नेपालमा रहेका राजनीतिक दल जसले केवल आफ्नो दुनो सोझाउन मात्र प्रयत्न गर्ने गरेका छन, भ्रष्टाचारमा लिप्त व्यक्ति हरुलाइ अब पनि समर्थन गर्नु पनि एक खालको देशद्रोह हो। अब पनि उनै व्यक्तिलाइ सत्तामा पुर्याउन भोट दियौ भने आफ्ना औला सिलौटामा राखेर थिचे फरक नपर्ने देखिन्छ किन कि उनिहरुबाट अब देश को निकास र विकास सम्भव देखिदैन। आज सम्म जे जति साथ दियौ अब दिने छैनौ भनेर हरेक सच्चा नेपाली जसलाइ आफ्नो देशको र आगामी पुस्ताको भविष्य बारे अलिकती चिन्ता छ, ले सोच्नु पर्ने आवश्यक देखिन्छ।  हाम्रो देशमा बाह्य शक्ति हावी हुनु भनेको आफ्नै देशमा दास बनेर बस्नु सरह हो। 

अन्त्यमा: अब सम्पुर्ण देशप्रेमी सच्चा नेपालीले देशकालागी केही दिने बेला आएको छ। नेपाल, नेपालिपन तथा मौलिकता को जगेर्ना गर्दै हिमाल पहाड तराई लाई एउटैमालामा गासेर एक अवाजमा बोल्ने दिन आएको छ “जय मातृभूमी” हाम्रो देश हामी चलाउछौ भन्ने दिन आएको छ। कैले सम्म नालायक हरुलाइ नेता मान्दिनु पर्ने, नेता शब्दको अर्थ नै परिवर्तन गरिदिएका व्यक्तिलाइ अब कठालो समाएर टुडिखेलमा लगेर आज सम्म राज्य दोहन गरेको कसुरमा कोरा हान्ने दिन आएको छ। हामिले प्रश्न गर्नु पर्ने दिन आएको छ: घोषणा पत्रका बाचा पूरा किन भएनन? हामिले देश बनाउन नेता बनाएका हौ वा आफ्नै देश दोहन गर्न भन्ने प्रश्न गर्ने दिन आएको छ। अब देशद्रोही भ्रष्टाचारी लाई  समर्थन होइन राज्य दोहन किन गरेको भनेर जवाफ मागौ। अब तपाईं हामी सम्पुर्ण एकै ठाउमा देशको निम्ति जुटौ। आफ्नो देशको पहिचान, सभ्यता र उज्ज्वल भविष्यको सुनिश्चिता गरौ। सम्पुर्ण राष्ट्रवादी नेपाली एक हौ। जय मातृभूमि 🇳🇵

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.